४८ करोडमा खोलिन् कंगनाले अफिस
मुम्बई । अभिनयको माध्यमबाट सबैको मन जित्न सफल अभिनेत्री कंगना रनौतले आफ्नो प्रोडक्स हाउस खोलेकी छन् ।
उनले हालै मुम्बईको पाली हिलमा एक प्रोडक्सन अफिस खोलेकी हुन् । जसबाट उनले फिल्म समेत निर्माण गर्ने भएकी छन् ।
प्रोडक्स हाउस उनले अफिस कम र स्टुडियो बढी बनाएकी छन् । भर्सटाइल अभिनेत्रीको रुपमा परिचित कंगनाले आफ्नो निर्देशन र लेखनमा पनि क्षमता रहेको केही पहिले प्रमाणित गरिसकेकी छन् ।
कंगनाले नयाँ प्रोडक्सन हाउसको केही तस्बिर सामाजिक संजाल मार्फत शेयर समेत गरेकी छन् । प्रोडक्सन हाउसको नाम मणिकर्णिका फिल्मस् राखिएको छ ।
कंगना अभिनित फिल्म मणिकर्णिकाः द क्वीन अफ झांसी २०१९ मा रिलिज भएको थियो । उनले यो फिल्मबाट प्रेरित भएर अफिसको नाम राखेकी हुन् । कंगनाको यो अफिस सेलिब्रेटी डिजाइनर शबनम गुप्ताले तयार पारेकी हुन् । करिब ४८ करोड भारु खर्च भएको अफिसको साउन्ड इको फ्रेन्डलीका साथसाथै प्लास्टिक फ्री समेत बनाइएको छ । अफिस युरोपियन लुक्समा बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
-
५ जना मृत अवस्थामा फेला
-
अस्वस्थकर मासुका परिकार बेच्ने ‘जिरे खुर्सानी दरबार’ लाई दुई लाख ५ हजार जरिबाना
-
के अझै फ्रान्स नै प्रबल दाबेदार हो, स्पेनले सक्ला रोक्न ?
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण