गोरखामा सेनाको कोरोना संक्रमितको शव व्यवस्थापन गर्न प्रर्दशनी
काठमाडौँ । नेपाली सेनाले गोरखामा नोबल कोरोना (कोभिड–१९) संक्रमण भएर ज्यान गुमाएका मानिसको शव व्यवस्थापन सम्बन्धी प्रर्दशनी सम्पन्न गरेको छ ।
कोरोना संक्रमण भएर ज्यान गएको खण्डमा शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा नेपाली सेनाले गोरखा बजारमा प्रर्दशनी सम्पन्न गरको हो ।
शुक्रबार रण सिं दल गण र गोरखा अस्पतालको सहकार्यमा शव व्यवस्थापन सम्बन्धी प्रदर्शनी गोरखा बजारको रानीपोखरीमा रहेको सेनाको ब्यारेकमा गरिएको हो ।
रण सिं दल गणका गणपति उज्वल केसीका अनुसार कोरोना संक्रमितको ज्यान गएको खण्डमा शव व्यवस्थानको जिम्मेवारी सेनाको भएकोले कसरी गर्ने भन्ने बिषयमा सरोकारवालालाई जानकारी होस भन्ने उद्देश्यले प्रर्दशनी गरिएको हो ।
प्रदर्शनीमा संक्रमण भएको मानिसको घर वा बसोबास स्थललाई डिसइन्फेक्सन गर्नेदेखि संक्रमित व्यक्ति ओसारपसारमा संलग्न मानिस र सवारीलाई समेत डिसइन्फेक्सन गरेर देखाइएको थियो ।
गोरखा अस्पतालका सवारी चालक र नेपाली सेनाका जवानहरुले संक्रमित व्यक्तिको ज्यान गएपछि उपचाररत स्थललाई डिसइन्फेक्सन गरेर देखाउँदै शवलाई समेत व्यवस्थापन गरेर प्रदर्शनी देखाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण