फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'बी' को पहिलो खेलमा क्यानडा र बोस्निया–हर्जगोभिनाबिचको प्रतिस्पर्धा टोरन्टो स्टेडियममा सुरु भएको छ ।
नेपाली समय अनुसार शनिबार बिहान १२ः४५ बजे सुरु भएको खेलमा दुवै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अहिले क्यानडा र बोस्निया–हर्जगोभिनाबिचको प्रतिस्पर्धा टोरन्टो स्टेडियममा सुरु भएको छ । नेपाली समय अनुसार शनिबार बिहान १२ः४५ बाट सुरु भएको यस खेलमा दुवै टोली ऐतिहासिक जितको लक्ष्यका साथ मैदानमा उत्रिएका हुन् ।
काठमाडौँ। विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को पहिलो खेलको पहिलो हाफ सकिएको छ । टोरन्टो स्टेडियममा भइरहेको प्रतिस्पर्धामा बोस्निया–हर्जगोभिनाले घरेलु टोली क्यानडाविरुद्ध १–० को सुरुवाती अग्रता बनाएको छ ।
खेलको २१औँ मिनेटमा जोभो लुकिचले गरेको उत्कृष्ट गोल नै पहिलो हाफसम्म निर्णायक बनेको छ । इभान बासिचको सुन्दर पासलाई सदुपयोग गर्दै स्ट्राइकर लुकिचले बललाई जाली चुमाएका थिए ।
सुरुवातदेखि नै दुवै टोलीले आक्रामक फुटबल पस्के तापनि क्यानडाले गोल गर्ने केही राम्रा अवसरहरूलाई सदुपयोग गर्न सकेन । घरेलु समर्थकको उल्लेख्य साथ पाएको क्यानडाले खेलमा दबाब बनाउने प्रयास गरे पनि बोस्नियाको संगठित रक्षापंक्तिले त्यसलाई विफल तुल्याइदिएको छ ।
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक खेलमा बोस्निया–हर्जगोभिनाले क्यानडाविरुद्ध सुरुवाती अग्रता लिएको छ । टोरन्टो स्टेडियममा भइरहेको यस खेलमा बोस्नियाले खेलको २१औँ मिनेटमा गोल गर्दै १–० को अग्रता बनाएको हो ।
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अहिले क्यानडा र बोस्निया–हर्जगोभिना टोरन्टो स्टेडियममा भिडिरहेका छन् । यो खेल दुवै टोलीका लागि केवल विश्वकपको सुरुवात मात्र नभई विगतको खराब इतिहास सुधार्ने महत्त्वपूर्ण अवसर पनि हो ।
यसअघिका विश्वकप सहभागितामा दुवै टोलीले कुनै पनि अंक जोड्न सकेका थिएनन् । क्यानडाले सन् १९८६ र २०२२ को विश्वकपमा सहभागी हुँदा आफ्ना सबै तीन–तीन खेलमा हार बेहोरेको थियो भने बोस्निया–हर्जगोभिनाको अवस्था पनि त्यस्तै रहेको थियो । विगतका संस्करणहरूमा अंकविहीन बन्दै बाहिरिएका यी दुवै टोली आज टोरन्टोमा आमनेसामने हुँदा पहिलो अंक बटुल्दै सुखद सुरुवात गर्ने दाउमा छन् ।
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत नेपाली समयअनुसार आज राति १२:४५ मा क्यानडा र बोस्निया-हर्जगोभिना आमनेसामने हुँदैछन् । यी दुई टोली अन्तर्राष्ट्रिय खेलमा एकापसमा पहिलोपटक भिड्न लागेका हुन् ।
टोरन्टोमा हुने यो भेट दुवै टोलीका लागि पहिलो परीक्षण हुनेछ । उनीहरूले यसअघि पुगेका दुई संस्करण (सन् १९८६ र २०२२)मा खेलेका सबै तीन खेलमा हार बेहोरेका थिए । तर पछिल्ला वर्षहरूमा दुवै टोलीले फुटबलमा उल्लेख्य प्रगति गरेका छन् । सन् २०१७ मा फिफा वरीयताको शीर्ष १०० बाहिर रहेको क्यानडा अहिले ३०औं स्थानमा उक्लिसकेको छ ।