ग्लोबल आइएमई बैंकद्वाराप्रदेश नं. ५ सरकारलाई सहयोग
काठमाडौं– ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद रु. २५ लाख सहयोग गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच बैंकको प्रदेश नं. ५का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका माननीय मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएकोहो ।
उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमाबैंकले गरेको यस सहयोग महत्वपूर्ण रहने उल्लेख गर्दै बैंकलाई धन्यवाद दिनु भयो ।
कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।
बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण