लुकिछिपी नेपाल आउने घटे
काठमाडौं – भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ तर कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख जिल्ला अधिकारीहरूको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले प्रवेश बिन्दु तय गरिएपछि लुकिछिपी स्वदेश फर्कनेहरूको सङ्ख्यामा कमी आएको बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रवेश बिन्दु तोकिनुअघि भारतबाट लुकिछिपी स्वदेश फर्केको पाइए पनि प्रवेश बिन्दु तोकिएपछि गौरीफन्टा नाकाबाहेक अन्य ठाउँबाट स्वदेश प्रवेशमा पूर्णरूपमा निषेध गरिएको जानकारी दिए ।
झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले सरकारद्वारा तोकिएको प्रवेश बिन्दुको पूर्ण पालना गरिएको बताउँदै खुला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गरिरहेकालाई क्वारेन्टाइनमा राख्ने गरिएको र उनीहरूको पीसीआर परीक्षण गर्ने गरिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण