क्यान्सर पीडित बालकको सहयोगका लागि 'रनवे परेड'
बिहीबार, २२ भदौ २०७४, ०७ : २६
ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालकको उपचार खर्चमा सहयोग गर्न ‘रनवे परेड–२०१७’ नामक फेसन शो हुने भएको छ ।
भदौ २४ गते शनिवार साँझ दरबारमार्गस्थित क्लब डेजाभूमा हुने फेसन शोमा यशराज गराचको कोरियोग्राफी रहने छ ।
शोमा विभिन्न स्थापित फेसन डिजाइनहरुले तयार पारेका पहिरनहरु प्रदर्शन गरिनेछ ।
१६ जना महिला तथा ११ जना पुरुष मोडलले पहिरन प्रदर्शन गर्ने छन् ।
फेसन शोमा लोकप्रिय कलाकारहरुले समेत सोस्टपरको रुपमा क्याटवाक गनेृ बताइएको छ ।
वर्षा राउत, अशिष्मा नकर्मी, चाँदनी शर्मा, रिश्ता बस्नेत, सलोन बस्नेत, नीराजन प्रधान, दिक्पाल कार्कीलगायतको सहभागीता हुनेछ ।
बक्सिङ खेलाडी म्याक्स बस्नेत र फुटबल खेलाडी अञ्जन विष्टले समेत फेसन शोमा क्याटवाक गर्ने आयोकज टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सलकी विजया शाहले रातोपाटीलाई बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण