स्याङजामा जिप दुर्घटना, १ जनाको मृत्यु
स्याङजा । जिप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ । भिरकोट नगरपालिका– ५ मा आज जिप दुर्घटना हुँदा भिरकोट– ५ की १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो तिलाहार नेटास्थित कच्ची सडकखण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नंको जिप उकालो बाटोमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते भएकी दुर्गा अर्यालको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक विमलराज कँडेलले जानकारी दिए। दुर्घटनामा परी जिप चालकसहित अन्य सात जना घाइते भएका छन् ।
दुर्घटनामा भिरकोट– ५ की ३७ वर्षीया शान्ती अर्याल, ३६ वर्षीय गीता अर्याल, २७ वर्षीया पार्वती अर्याल, ५६ की शोभा अर्याल, ७० वर्षीय भीमकुमारी अर्याल र २४ की सुस्मा अर्याल घाइते भएकी छिन् । घाइतेलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको र जिप चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण