अक्सफोर्डमा परीक्षण भैरहेको सम्भावित कोरोना भ्याक्सिन खरिद गर्न ४ देशले गरे सम्झौता
शनिबार, ३१ जेठ २०७७, २३ : ०३
एजेन्सी । चार युरोपियन मुलुकहरुले कोरोना भ्याक्सिनको उत्पादन र वितरणको जिम्मा लिएको अष्ट्राजेनेका कम्पनीसँग सम्झौता गरेका छन् । युरोपियन मुलुकहरु इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डसले सो कम्पनीसँग भ्याक्सिन आपूर्तिका लागि सम्झौता गरेका हुन् । इटलीका स्वास्थ्यमन्त्रीका अनुसार सोही सम्झौताअनुसार उक्त कम्पनीले युरोपका नागरिकहरुका लागि कोरोना भाइरसको भ्याक्सिन आपूर्ति गर्नेछ ।
यो सम्झौता बेलायतमा बन्ने सम्भावित भ्याक्सिनको ४ सय मिलियन डोज प्रदान गर्ने उद्देश्यले भएको हो । उक्त सम्भावित भ्याक्सिन बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरु विकास गर्ने चरणमा रहेका छन् । यो भ्याक्सिनको प्रयोगात्मक चरण सेप्टेम्बरमा अन्त्य हुने आशा गरिएको बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण