तिनाउमा फेरि खस्यो जिप, ६ जना घाइते
मङ्गलबार, ०२ असार २०७७, १७ : २३
बुटवल । बुुटवल तानसेन सडक खण्डको सिद्दबाबामा भीरबाट जिप खस्दा ६ जना घाइते भएका छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार प्रदेश ३ ०१ २२ च ४५२२ नम्बरको डबल क्याप जीप भीरबाट खस्दा ६ जना घाइते भएका हुन् । ६ जनालाई नै उपचारका लागि बुटवल ल्याइएको छ ।
घाइतेहरू सबै पाल्पा तिनाउ गाउँपालिकाका हुन् । घाइते हुनेमा दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल, बालकृष्ण बस्याल र बिनोद बस्याल रहेको प्रहरीले जनाएको छ । जिप सिद्धबाबा मन्दिरदेखि ५० मिटर उत्तर सडकबाट तिनाउ खोलामा खसेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ । केही दिनअघि पनि सिद्दबावाबाटै अर्को कार तिनाउ नदिमा खस्दा १ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेसँग माफी मागे डा.निकोलस भुसालले
-
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
-
उद्योगमन्त्री भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक फेरानबिच भेट
-
गगन थापामाथि खनिए ओली, संसद् बैठकमा उद्दण्डता प्रस्तुत गरेको आरोप
-
निजी क्षेत्र बजेटको केन्द्रबिन्दुमा हुनुपर्छ : अध्यक्ष ढकाल
-
यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकका ९ कार्यसूची