तिनाउमा फेरि खस्यो जिप, ६ जना घाइते
मङ्गलबार, ०२ असार २०७७, १७ : २३
बुटवल । बुुटवल तानसेन सडक खण्डको सिद्दबाबामा भीरबाट जिप खस्दा ६ जना घाइते भएका छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार प्रदेश ३ ०१ २२ च ४५२२ नम्बरको डबल क्याप जीप भीरबाट खस्दा ६ जना घाइते भएका हुन् । ६ जनालाई नै उपचारका लागि बुटवल ल्याइएको छ ।
घाइतेहरू सबै पाल्पा तिनाउ गाउँपालिकाका हुन् । घाइते हुनेमा दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल, बालकृष्ण बस्याल र बिनोद बस्याल रहेको प्रहरीले जनाएको छ । जिप सिद्धबाबा मन्दिरदेखि ५० मिटर उत्तर सडकबाट तिनाउ खोलामा खसेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ । केही दिनअघि पनि सिद्दबावाबाटै अर्को कार तिनाउ नदिमा खस्दा १ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण