कर्णालीमा थप १२० जनामा कोरोना पुष्टि, ८६ जना दैलेखका
सुर्खेत । कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८६ र सुर्खेतका ३४ गरी कूल १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा दैलेखको महावु गाउँपालिकामा मात्र पाँच महिलासहित ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उक्त गाउँपालिका–२ मा ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
डा.तिवारीका अनुसार गुराँसे गाउपालिकामा पाँच, भैरवी गाउँपालिकामा एक, चामुण्डा बिन्द्रासैनी र दुल्लु नगरपालिकामा दुई÷दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, सुर्खेत पञ्चपुरी नगरपालिकामा १०, चिङ्गाड गाउँपालिकामा आठ, वीरेन्द्रनगर नगरपालिकामा छ, गुर्भाकोट नगरपालिकामा पाँच, बराहताल र चौकुने गाउँपालिकामा दुई/दुई र सिम्ता गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएको उनको भनाइ छ ।
महाशाखा प्रमुख डा.तिवारीका अनुसार आज १२० जना कोरोना थपिएसँगै अब कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या एक हजार २२४ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट छ, आइसोलेशन केन्द्र सुर्खेत सालकोटबाट तीन, सिम्ताबाट एक र महाबु आइसोलेशन केन्द्र दैलखबाट एक जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको सङ्ख्या ५०५ पुगेको छ । बुधबार सिम्ता गाउँपालिका सुर्खेतका एक महिलाको मृत्युपश्चात कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण