इतिहासमा आज – इरानमा भूकम्पबाट ४० हजारको मृत्यु
आज २१ जुन । सन् १९९० मा आजैका दिन ईरानमा प्रलयकारी महाभूकम्प आयो । ७ दशमलव ४ म्याग्नेच्युडको यो भूकम्पको केन्द्रविन्दु राजधानी तेहरानदेखि उत्तरपश्चिमतर्फ थियो र यसले देशका अधिकांश इलाकामा क्षति पु¥याएको थियो । त्यसमध्ये, रुद्बर, लोसान र मन्जिलमा अत्यधिक क्षति भयो । यस भूकम्पमा झन्डै ४० हजारको मृत्यु भएको अनुमान गरिन्छ । त्यस्तै ६० हजारदेखि १ लाखभन्दा धेरै मानिस घाइते भएका थिए । ५ लाख जनाभन्दा धेरै घरबारविहीन भए । इरानको भूगर्भ विभागले गरेको अनुमानअनुसार तत्कालीन समय ८ बिलियन डलर बराबरको आर्थिक क्षति भयो ।
अन्य घटनाक्रम
१९७५– वेस्ट इन्डिजलाई पहिलो विश्वकप उपाधि ।
२०१२– अफ्रिकी देशबाट अस्ट्रलियातर्फ गइरहेको डुंगा डुब्दा ९० आप्रवासी मृत्यु ।
२०१५– पहिलो अन्तर्राष्ट्रिय योग दिवस मनाइयो । संयुक्त राष्ट्रसंघमा भारतको पहलमा झन्डै संसारका सबै देश स्वस्थ रहनका लागि योगको प्रवद्र्धन गर्न सहमत ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण