कोरोना महामारीको बढी जोखिममा गर्भवती
काठमाडौं – बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन् ।
जोर बिजोरमा सवारी चल्ने र त्यो पनि निजी मात्रै चल्ने हुँदा अस्पताल जान र आउन समस्या त छँदैछ, अस्पतालमा कोरोना सङ्क्रमितसँग जम्काभेट हुने भयले उनीहरू बढी चिन्तित हुने गरेका छन् । त्यसो त केही स्थानीय तहले गर्भवती तथा सुत्केरीलाई उच्च प्राथमिकतामा राखेको पनि पाइएको छ । केही स्थानीय तहले त नगददेखि घिउचाकुसम्म दिँदै आएका छन् ।
तर यस महामारीमा सुत्केरी तथा गर्भवतीलाई छुट्टै व्यवस्था नगर्दा जोखिम बढेको छ । स्थानीय तहले राहतमा प्राथमिकता र आवश्यक पर्दा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आए पनि छुट्टै व्यवस्था नगरेको पाइएको छ ।
कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन र बन्दाबन्दीको समयमा राहत, क्वारेन्टाइन र कोरोना परीक्षणमै स्थानीय तहलगायत राज्यको ध्यान केन्द्रित हुँदा धेरै गर्भवती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण