भक्तपुरमा खुकुरी देखाएर घाँस काट्दै गरेकी महिलाको गहना लुटपाट
काठमाडौँ । भक्तपुरको चाँगुनारायणमा घाँस काट्दै गरेकी महिलालाई खुकुरी देखाएर गहना लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर सुर्यविनायक बस्दै आएका ३१ वर्षीय विशाल तामाङ र ४८ वर्षीय मंगल तामाङ रहेका छन् ।
चाँगुनारायणतर्फबाट आएका उनीहरुले खुकुरी देखाएर आफ्नो बारीमा घाँस काटिरहेकी पार्वती गुरुङको ९९ लाल सुनको एक जोर गहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुको टोलीले तत्कालै स्थानीयवासीको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिएको साँखुका प्रहरी प्रमुख इन्सपेक्टर गोविन्द पन्थीले जानकारी दिए ।
घटना भएको आधा घण्टाभित्रै शंखरापुर नगरपालिका–६ स्थित सलम्बुटारबाट स्थानीयको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको इन्सपेक्टर पन्थीको भनाइ छ ।
पक्राउ परेका उनीहरुको साथबाट गहना लुट्दा प्रयोग गरिएको खुकुरी पनि बरामद भएको पन्थीले बताए । उनले भने– ‘थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण