ट्र्याक्टर नहरमा खस्दा चालकको मृत्यु
शनिबार, १३ असार २०७७, १० : १७
रौतहट – रौतहटको गुजरा नगरपालिकास्थित एउटा ट्र्याक्टर नाहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
गुजरा ४ गढिमाई मन्दिर छेउमा तीब्र गतिमा गइरहेको ना७ त ८७३८ नम्बरको ट्र्याक्टर नहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा गुजरा १ मनहरवा गाउँका २७ बर्षिय संजय माझी रहेको घटनास्थल गएका प्रहरी चौकी हरिनगर पोखरभिण्डाका असई संजय सिंहले जानकारी दिएका छन् ।
बाटोबाट झन्डै १० फिट तल झर्दा चालक माझी ट्र्याक्टरले चेपिएका थिए ।
शनिवार बिहान ९ बजे ट्र्याक्टर नहरमा खसे लगत्तै प्रहरी र स्थानीयको सहयोगमा मृतक माझीको शव बाहिर निकालिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी चौकी हरिनगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण