जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
बोल्दिन भन्यो !बोल्नै पर्ने
नबोलाउ भन्यो !ठूलो पल्टेको भन्ने
अब सोच्दिन भन्यो !तर्कनाले बहकिने
सत्य बोलु भन्यो !नाफा, घाटा र नाता बिचमा आउने
नजिक आउन भन्यो !टाढा टाढा भाग्ने
अति गोप्य कुरा भन्यो !छरपस्ट पार्ने
भरोसा गरन भन्यो !सधैं अन्तरघात गर्ने
एकता गरु भन्यो ! बिग्रह तिर जुट्ने
लेख्दिन भन्यो !औंलाहरु आफै सल्बलाउने
धैर्य गरु भन्यो !आफ्नै तन, मन र बचन लाई नियन्त्रण गर्न नसक्ने
अब सत्मार्गमा लागु भन्यो !भौतिक बस्तुको मोहले सताउने
माया र करुणा गर्छु भन्यो !परिवार र समाजले स्वार्थी बनाउने
हिंसा र अपराध नगरु भन्यो !जिब्रोको स्वाद र आक्रोश रोक्न नसक्ने
पाप र धर्मको प्रवचन सुन्यो!यो कलियुग हो जस्तो लाग्ने
अब अपराजित हुन्छ भन्यो!धाधली गरि हराउने
बचनको पक्का हुन्छ भन्यो!दोस्रो पक्षले धोका दिने
अब लालच गर्दिन भन्यो !लोभले भोग मात्र जगाउने
बाडेर खानुपर्छ भन्यो !आफ्नो भागमा कम पर्ने
अब ढुक्क हुन्छु भन्यो !संगत र संस्कारले कौतुहलता जगाउने
हामी केही दिनको पाउना हो भनि सोच्यो !दृश्य र अदृश्य शक्तिले झस्काउने
पुरुषोत्तम लोहनी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण