पशुपति क्षेत्रमा आर्यघाट गङ्गामाईको रथयात्रा, तस्बिरमा हेरौं
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गरिएको छ । विसं १८७० मा तत्कालीन राजा रणबहादुर शाहकी श्रीमती गङ्गा रानी बिरामी भएपछि पशुपति क्षेत्रमा रथयात्रा गरी ठीक भएकाले यात्रा शुरु भएको भन्ने भनाई छ । त्यसैबेलादेखि प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीको एक दिन पशुपति क्षेत्रमा रथयात्रा गर्ने गरिएको हो ।

यसवर्ष धेरै जना जम्मा भएर रथयात्रा गर्न कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने खतरा भएकाले विधि भने मात्र पुरा गरिएको हो । विगत वर्षमा भने गङ्गामाईलाई रथारोहण गराई हजारौँ मानिसले पशुपति क्षेत्रमा रथयात्रा गराउँथे । यस वर्ष कोभिड–१९ महामारीका कारण भीडभाड गर्नु नहुने भएकाले गुरुज्यूको पल्टन भनिने शार्दुलजङ्ग गुल्म पनि सहभागी भएन ।

विधिका लागि एक जना प्रतिनिधि भने आएका थिए । पशुपति गुठी गोश्वारा कार्यालयले आर्यघाट गङ्गामाईको रथयात्रा चलाउने गरेको छ । यात्राका क्रममा मार्गमा स्यावजी छर्ने, फूलमाला वर्षाउने, दक्षिणा चढाउने, यात्रा मार्गमा सम्यवजी वितरण गर्ने लगायत काम भएका थिए । रथयात्राको पूजा आराधना एवं दर्शन गरेमा रोग नलाग्ने, मानिस स्वस्थ हुने भन्ने जनविश्वास छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामपाले व्यवहार र परिणामका आधारमा सरकारको मूल्याङ्कन गर्ने
-
जाह्नवीको अभिनयभन्दा शरीरमा क्यामरा केन्द्रित गरेको भन्दै विरोध, हलबाट हटाइए विवादित दृश्यहरू
-
महिला फुटबल टोलीकी खेलाडी विमला अस्पतालबाट डिस्चार्ज
-
इन्डोनेसियामा अधिकारकर्मी माथि एसिड हान्ने चार सेनालाई चलाइयो जेल
-
रातोपाटीको १३औँ वार्षिकोत्सव मनाइयो
-
अर्थमन्त्रीलाई सांसदको प्रश्न, ‘अघिल्ला सरकारले गल्ती गरे भन्दैमा तपाईंले पनि त्यही गल्ती दोहोर्याउन मिल्छ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण