अवैध १८ लाख रुपैयाँसहित ३ जना पक्राउ
जनकपुर । अवैध १८ लाख रुपैयाँसहित महोत्तरीबाट ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर २ स्थित भलुई चोकबाट ३ जनालाई १८ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
शनिवार प्रदेश प्रहरीबाट खटेको टोलीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज ११ प ८१०८ नम्बरको मोटरसाइकलमा सवार रहेका महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय रोहितकुमार साहलाई ९ लाख रुपैयाँ, सो मोटरसाइकलको पछाडी सवार रहेका २७ वर्षीय जयकुमार साहलाई ५ लाख ५० हजार रुपैयाँ र प्र २–०३–००३ प ०९७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय सञ्जयकुमार साहलाई ३ लाख ५० हजार रुपैयाँ गरी कूल १८ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको प्रवक्ता मिश्रले बताए । पक्राउ परेका ३ जनालाई १८ लाख रुपैयाँ र सवारी साधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान थालेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण