मोटरसाइकल र कार ठोक्किँदा प्रहरी जवान र उनका बाबुको मृत्यु
सोमबार, १५ असार २०७७, १७ : २४
बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिको रामापुर कलौनिमा मोटरसाइकल दुर्घटना हुँदा बावुछोराको मृत्यु भएको छ । बुटवलबाट पश्चिम आउँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार एकआपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालल बुटवलले जनाएको छ ।
मृत्यु हुनेमा सैनामैना नगरपालिका– १ का ५० वर्षीय टेकबहादुर परियार र उनका ३० वर्षीय छोरा सन्तोष परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिंह राठैरले बताए ।
सन्तोष प्रहरी जवान हुन् । ईलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुमा दरवन्दी रहेका उनी हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत रहेका थिए । प्रहरीले ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण