ट्याक्सी चालकको आन्दोलन : भन्छन्, ‘हामीले २४ अर्ब कर तिर्यौँ, अब १ अर्बको हाम्रो किस्ता तिरिदेऊ’
कोरोना भाइरसको कारण देखाउँदै लामो समयदेखि सार्वजनिक सवारीसाधन चल्न नपाउँदा दैनिक कमाई गरेर खाने सार्वजनिक सवारी मजदुरहरु मारमा परेका छन् । सरकारले ट्याक्सी सञ्चालनमा समेत रोक लगाएपछि आफै ट्याक्सी किनेर चलाएका स्वरोजगार मजदुर र ट्याक्सीका मालिकसमेत मारमा परेका छन् ।
लगातार ३ महिनाभन्दा लामो समय लकडाउन भएपछि पनि ट्याक्सी चलाउन नपाएको भन्दै बुधबार ट्याक्सी चालकहरुले यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् । ट्याक्सी चालक र मालिकहरुले आफ्ना ट्याक्सी विभाग अगाडि राखेर त्यहीँ सडक किनारामा खाना पकाएर खाएका छन् ।

ट्याक्सी सञ्चालनमा आउन नसक्दा खान पनि नपाउने स्थिति आएको र परिवार समेत भोकै बस्नु पर्ने अवस्था आएको भन्दै वैकल्पिक व्यवस्थ गरिदिन उनीहरुले सरकारसँग माग गरेका छन् । ट्याक्सी मालिक तथा मजदुरहरुले आफूहरुले २४ अर्ब कर तिरेको भन्दै ३ महिनाको किस्ता तिरिदिन पनि सरकारसँग आग्रह गरेका छन् ।
ट्याक्सी चालक तथा स्वरोजगार ट्याक्सी मालिकको प्ले कार्डमा लेखिएको छ, ‘२४ अर्ब ८२ करोड १० लाख ७९ हजार १ सय रुपैयाँ हामीले तिरेको कर । १ अर्ब ४५ करोड २० लाख तीन महिनाको किस्ता ! सरकार तिर्ने काम गर ।’
लकडाउनको कारण बाँच्नै सक्ने अवस्था नरहेको र घरमा पकाएर खानेकुरासमेत नभएकोतर्फ संकेत गर्दै ट्याक्सी चालकहरुले बुधबार सडक किनारामै खाना र सोयाबिनको पिना (मस्यौरा)मा झोल हालेर खाएका छन् ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण