साम्राज्ञीले अब युट्युव मिडियामा अन्तर्वार्ता नदिने
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युब मिडियालाई अन्तरवार्ता नदिने भएकी छन् । युट्युव मिडियाका अन्तर्वार्ताले आफुलाई असर पुग्ने गरेको भन्दै उनले यस्तो निणर्य लिएकी हुन् । केही दिन अगाडि फिल्म अभिनयको सिलसिलामा आफुले भोगेको दुर्ब्यवहार बाहिर ल्याएकी शाहले सामाजिक सञ्जालमार्फत आफ्नो तितो अनुभव दर्शकमाझ शेयर गरिरहेकी छन् । यसै क्रममा शाहले मंगलबार इस्टाग्राममा शेयर गरेको भिडियोमा युट्युव पत्रकारलाई अबदेखि अन्तवार्ता नदिने बताएकी हुन् ।
‘यो दुई दिनयता मलाई अन्तरवार्ताका लागि धेरै फोन आउने गरेको छ । तर मैले कसैलाई पनि अन्तवार्ता दिएकी छैन’ शाहले भनिन् ‘हामी हिरोइनले धेरै पटक मिडियामा आफ्नो कुरा पोख्न खोजेका छौ । तर हाम्रो अन्तवार्ताको हेडलाइन बिगारेर, घिनलाग्दो राखेर हामीलाई नै असर पुग्ने समाचार बनाउने गरेका छन् ।’
आफ्नो अन्तरवार्ता बेचेर थुप्रै युटयुवका पत्रकारले पैसा कमाउने गरेको समेत बताएकी शाहले युट्युवरबाट आफु वाक्क दिक्क भएको समेत बताएकी छन् । उनले थपिन् ‘आफुले युट्युवरलाई अन्तरवार्ता नदिनुको कारण पनि यही हो ।’
आफुलाई अब युट्युव नचाहेको बताएकी शाहले युट्युव अन्तर्वार्तामा आउने नराम्रो कमेन्टसमेत युट्युव मिडियाले नहटाएकोमा आपत्ति जनाएकी छन् ।
शाहले फिल्म प्रचार–प्रसारको क्रममा फिल्म निर्माता निर्देशकलाई युट्युवरसँग अन्तरवार्ता नदिई रेडियो टेलिभिजनमा दिनुपर्छ भन्दा नमानेको उनको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण