‘कोरोना प्रभावितलाई दुर्व्यवहार नगरौँ’
जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ बाट प्रभावित भई क्वारेन्टिन, आइसोलेसनमा बसेका वा डिस्चार्ज भई घर गएका व्यक्तिलाई दुर्व्यवहार नगर्न अनुरोध गरेको छ ।
पछिल्लोपटक क्वारेन्टिन आसपासका समुदायले कोरोना प्रभावितलाई दुर्व्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरेका खबर सार्वजनिक भएपछि प्रशासनले यस्ता अपमानजनक व्यवहार नगर्न सबैमा अपिल गरेको हो ।
“घरपरिवारका सदस्य, छिमेकी वा अन्य व्यक्तिहरुले होच्याउने, अपमानित गर्ने, घृणा गर्ने, दुर्व्यवहार गर्नेजस्ता अमानवीय कार्य सामाजिक सद्भाव, शान्ति र कानून विपरीत भएको अवगत नै छ”, प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता दण्डनीय कार्य गर्नेविरुद्ध गाउँ÷नगरपालिका, प्रहरी वा प्रशासन कार्यालयलाई समयमै सूचना उपलब्ध गराई पीडितलाई न्याय प्रदान गर्न सहयोगको अपेक्षा गर्दछौँ ।” प्रशासनले कानून विपरीत यस्ता कार्य गर्ने जोकोहीलाई प्रचलित कानूनबमोजिम गरिने चेतावनी दिएको छ ।
समाजले होच्याउने वा अपमानजनक व्यवहार गर्ने हुँदा कतिपय व्यक्ति कोरोना भाइरस परीक्षण गराउन तयार नहुने समस्या देखिएपछि प्रशासनले दुर्व्यवहार गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण