लागूऔषध कोरोना जस्तै संक्रामक रोग हो : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लागूऔषध प्रयोगकर्ताहरु कोरोना संक्रमण जस्तै समाजमा फैलिएको बताएका छन् ।
नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण–२०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री थापाले कोरोना जस्तै संक्रामक रोगको रुपमा लागू औषध स्थापित भएको दावी गरे ।
कोरोनाको सामना गरिरहेको बेला लागू औषधले मानिसको जीवनको अस्तित्वमा चुनौती समेत खडा गरेको भन्दै गृहमन्त्री थापा भन्छन्, ‘लागूऔषध लामो समयदेखि विस्तारै विश्वव्यापी रुपमा फैलिँदै गएको छ ।’
विशेषगरी युवा पंक्तिहरु लागू औषध दुर्व्यसनीको प्रभावमा परेको गृहमन्त्री थापाको भनाइ छ । उनले भने, ‘मानव सभ्यातको रोकथामको लागि पनि लागू औषधको रोकथाम जरुरी हुन्छ ।’
पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले बेरोजगारीको समस्या लागू औषध प्रयोकर्ताको संख्या बढेको बताए । गृहमन्त्री थापाका अनुसार ३९.७ प्रतिशत बेरोजगार व्यक्ति लागू औषध सेवन प्रयोगकर्ता रहेका छन् ।
त्यस्तै व्यपारीहरु पनि लागूऔषध प्रयोगकर्ता रहेको गृहमन्त्री थापाले बताए । उनले भने, ‘हालको सर्वेक्षण अनुसार १५.६ प्रतिशत व्यापार बिजनेश गर्ने व्यक्ति लागू औषध सेवनकर्ता छन् ।’
हालको सर्वेक्षणअनुसार १ लाख ३० हजार ४२४ जना लागू औषध प्रयोगकर्ता रहेको गृहमन्त्रालयले जनाएको छ । जसमा ९१ हजार ५३४ पुरुष र ४६ हजार ३०९ महिला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण