काँग्रेस महासमिति सदस्यमाथि ५ वर्षे कारवाही
बुधबार, २४ असार २०७७, १२ : ५३
काठमाडौं । अनुशासन उल्लंघन गरेको भन्दै नेपाली काँग्रेसले महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन गरेको छ ।
सो पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले बाँके जिल्लाका मल्लले नेपाली काँग्रेस पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको ठहर गर्दै ५ बर्षका लागि पार्टीबाट निस्कासनको कारवाही गरेको हो ।
उनलाई काँग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) बमोजिम पार्टीको अनुशासन उल्लघंन गरेकोले विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा ८ (ङ) अनुसार ५ वर्षका लागि पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत
-
कहिले होला सुदूरपश्चिम सरकारकाे बजेट पारित ?
-
६१ वर्षको उमेरमा आमिर खानले गरे तेस्रो विवाह
-
महोत्तरीमा करिब ४८७ किलो गाँजासहित दुईजना पक्राउ
-
जनकपुर उच्च अदालतमा दुई वर्ष पुराना मुद्दाको संख्या शून्य
-
प्रधानमन्त्री कार्यालय ‘ब्याक’, विशेष अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राहदानी आपूर्ति प्रक्रिया अघि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण