सुशान्त सिंह अभिनित ‘दिल बेचारा’ को ट्रेलरले तोड्यो ‘एभेन्जर्स इन्फिनिटी वार’ को कीर्तिमान
यतिबेला स्वर्गीय सुशान्त सिंह राजपूत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलरले उनका फ्यानहरुलाई भावूक बनाएको छ ।
मुकेश चाब्राले बनाएको यस फिल्ममा सन्जना सिघीं सुशान्तको अपोजिटमा छिन् । यो फिल्म हलिउड रोमान्टिक ड्रामा ‘द फल्ट इन आवर स्टार्स’ को आधिकारीक रिमेक हो । फिल्मको कथाअनुसार क्रमश ओस्टियोसरकोमा र थाइराइड क्यान्सरसँग जुधिरहेका युवा– युवती आफ्नो पीडाका बाबजुद एकअर्कासँग प्रेममा पर्छन् ।
यस फिल्मको ट्रेलर रिलिज भएको १६ घण्टाभित्रै युट्युबमा २ करोड १० लाखपटक हेरिएको थियो । अहिले भ्युज बढेर ५ करोड २५ लाख नाघिसकेको छ । त्यस्तै, टे«लरले युट्युबमा ८८ लाख लाइक पाएको छ । युट्युबमा यति धेरै लाइक विश्वका कुनै पनि फिल्मको ट्रेलरले पाएका छैनन् । ५० लाखभन्दा धेरै लाइक पाउने ‘दिल वेचारा’ पहिलो ट्रेलर हो ।
दोस्रो स्थानमा झन्डै ३० महिनाअघि रिलिज भएको ‘एभेन्जर्स – इन्फिनिटी वार’ को टे«लर छ, यसले ३६ लाख लाइक पाएको छ । यस ट्रेलरलाई २३ करोड ८८ लाखभन्दा धेरैपटक हेरिएको छ । त्यस्तै, तेस्रो स्थानमा मार्बल इन्टरटेनमेन्टकै एभेन्जर्स शृंखलाको अर्को फिल्म ‘एभेन्जर्स–इन्डगेम’ को ट्रेलर छ, यसलाई १० करोडभन्दा धेरैपटक हेरिएको छ र ३२ लाखभन्दा धेरै लाइक पाएको छ ।
सुशान्तले केही समयअघि मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए । दिल बेचारा उनी अभिनित अन्तिम फिल्म हो । कोरोना भाइरस महामारीका कारण सिनेमा हलहरु बन्द भएको अवस्थामा यो फिल्म २४ जुलाईमा डिजिटल प्लेमफर्म डिज्नी हटस्टारमार्फत सार्वजनिक हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम
-
पहेंलो कार्डको वर्षा, ब्राजिललाई नर्वेले चुनौती देला ? (भिडियो)
-
बालेन सरकारलाई 'घेराबन्दी' गर्ने रणनीतिमा कांग्रेस, एमाले र नेकपा
-
‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ समितिमा पठाइयाे
-
मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव
-
अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण