पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम
काठमाडौँ । शनिबार राती परेको पानीले काठमाडौँ महानगरपालिका वडा नम्बर ३ सामाखुसी खोला चिरायु अस्पताल र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नजिक पर्खाल भत्काएपछि ८ वटा घर जोखिममा परे।
यी घरलाई जोखिममुक्त बनाउन आज महानगर प्रहरी बलबाट नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेल नेतृत्वमा ६० जना जनशक्ति परिचालन गरियो । टोलीले जोखिमयुक्त स्थानलाई जोखिममुक्त बनाएको छ ।
कल्भर्टबाट आएको वेग गतिको पानीले खोलाको पर्खाल भत्काएको देखिन्छ । प्रतिकार्यमा रहेका गाछाले भने, ‘भत्किएको ठाउँलाई तत्काल पुनःस्थापना नगरे ८ वटा घर जोखिममा देखिए।ती घरको सम्भावित जोखिम टार्न हामीले बालुवा भरिएका करिब २ सय बोरा चाङ् लगाएर जोखिम घटाएका छौँ ।’
यस कार्यमा नगर प्रहरी बलसँगै ढल मंगाल सफाइ गर्ने जनशक्ति परिचालन गरिएको थियो। महानगरपालिकाले विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बल सम्मिलित क्यूआरटी (क्वीक रेस्पोन्स टीम) गठन गरेको छ । प्रतिकार्य योजनाका विषयमा जानकारी दिँदै विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले भन, ‘वडा स्तरीय समितिलाई सक्रिय बनाइएको छ।’
विपद् व्यवस्थापन विभाग, महानगर प्रहरी बल, स्वास्थ्य विभाग, सार्वजनिक निर्माण विभाग, सूचना प्रविधि विभाग, शिक्षा, वातावरण व्यवस्थापन विभाग जस्ता तत्काल फिल्डमा खटिनु पर्ने विभागहरूलाई तयारी राखिएको छ। यस्तै खोज उद्धारका सामानहरू तैनाथ गरिएको छ।
‘यस वर्ष गणतन्त्र पार्क, जय नेपाल हल, जमल लगायत क्षेत्रमा सडक डुबान भएकोले खोल्ने काम भएको छ ।’ नगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले भने, ‘डुबानका २ वटा कारण देखिएका छन् । एउटा कारण ढल निकासको क्षमता कमजोर हुनु हो । अर्को भनेको बर्खाको पानीले प्लास्टिक, बालुवा, माटो बगाएर ल्याएपछि फेरि जाम हुनु हो । हामीले सम्भावित डुबान क्षेत्रमा भएका मंगाल चिन्न सङ्केत चिन्ह राखेका छौँ । महानगर प्रहरी बलका चार वटै क्षेत्रबाट आफ्नो क्षेत्रमा डुबान हुँदा चिन्ह हेरेर तत्काल खोल्ने काम हुँदै आएको छ । कुनै ठाउँमा डुबान भए आधा घण्टाभित्र पानीको पूरै निकास हुने गरेको छ ।’
यसो हुनुको कारण ढल प्रणालीको क्षमता कमजोर हुनु नै हो, जोशीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० बुँदे कार्यसूचीमा ८७ प्रतिशत प्रगति भएको सरकारको दाबी, कति भए कार्यान्वयन ?
-
एनपीएल अक्सनका लागि १५५ खेलाडीको सूची सार्वजनिक, 'ए' श्रेणीमा ५ खेलाडी (सूचीसहित)
-
नेपाल अरनिको यातायात सेवा प्रा.ली.समक्ष ८ बुँदे माग प्रस्तुत
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण