चौरजहारी घटनाबारे अध्ययन प्रतिवेदन सभामुखलाई बुझाइने
मङ्गलबार, ३० असार २०७७, ११ : ५६
काठमाडौं । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकास्थित सोती घटना छानविनका लागि गठित संसदीय विशेष समितिले मंगलबार आफ्नो अध्ययन प्रतिवेदन बुझाउँदैछ ।
समितिले मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा सभामुख अग्नी सापकोटालाई प्रतिवदेन बुझाउन लागेको सभामुखको सचिवालयले जनाएको छ ।
२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकले रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।
समितिलाई कार्यप्रारम्भ भएको मितिले एकमहिना भित्र प्रतिवेदन तयार गरि पेश गर्न कार्यादेश थियो । रुकुम घटनामा ६ जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण