चौरजहारी घटनाबारे अध्ययन प्रतिवेदन सभामुखलाई बुझाइने
मङ्गलबार, ३० असार २०७७, ११ : ५६

काठमाडौं । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकास्थित सोती घटना छानविनका लागि गठित संसदीय विशेष समितिले मंगलबार आफ्नो अध्ययन प्रतिवेदन बुझाउँदैछ ।
समितिले मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा सभामुख अग्नी सापकोटालाई प्रतिवदेन बुझाउन लागेको सभामुखको सचिवालयले जनाएको छ ।
२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकले रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।
समितिलाई कार्यप्रारम्भ भएको मितिले एकमहिना भित्र प्रतिवेदन तयार गरि पेश गर्न कार्यादेश थियो । रुकुम घटनामा ६ जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित
-
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति