भरतपुर महानगरपालिकाद्वारा महिला सहकारीलाई कम्प्युटर प्रदान
भरतपुर । भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम अन्तरगत महानगरपालिका भित्र सञ्चालित महिला सहकारीलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ ।
महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले आज (मंगलबार) महानगर भित्रका सात वटा सहकारी संस्थालाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरेका हुन् ।
महिला सहकारीहरुको क्षमता अभिवृद्धिमा टेवा पुगोस् भन्ने उद्देश्यले कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको नगर प्रमुख दाहालले बताइन् ।
महानगरपालिकामा नगर प्रमुख तथा उपप्रमुख दुवै जना महिला भएकाले महिलाहरुको जीवनस्तर उकास्न तथा रोजगारी सिर्जना गर्न आफूहरु सधैँ तत्पर रहेको दाहालको भनाइ छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महिला सहकारीहरुको सेवा अन्यको भन्दा गुणस्तरीय हुनुपर्नेमा जोड दिए ।
कम्प्युटर तथा प्रिन्टरका लागि आवेदन परेका सबै महिला सहकारी संस्थाहरुलाई सामग्री प्रदान गरिएको भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका सहकारी अधिकृत रामबाबु पौडेलले बताए । सहकारी संस्थाहरुलाई नाइन्थ जेनेरेशनको ब्राण्डेड कम्प्युटर तथा फोटोकपी, प्रिन्ट र स्क्यान गर्न मिल्ने प्रिन्टर प्रदान गरिएको पौडेलको भनाइ छ । ती सामग्रीको लागि भरतपुर महानगरपालिकाको ७५ प्रतिशत तथा महिला सहकारी संस्थाको २५ प्रतिशत लगानी रहेको पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण