कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
सोमबार, ०४ साउन २०८३, १८ : ४२
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेकको ४७ नम्बर ढोकाबाट हाम फालेका व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
- अन्दाजी २८ वर्षीय जयप्रकाश साह असार ४ गते सोमबार दिउँसो कोशी नदीमा हाम फालेका थिए ।
- सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई ९० मिटर तलबाट मोटर बोटको सहायताले सकुशल उद्धार गरेको छ ।
काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेकको ४७ नम्बर ढोकाबाट हाम फालेका व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
सोही नगरपालिका–५ बस्ने अन्दाजी २८ वर्षीय जयप्रकाश साह उक्त नदिमा असार ४ गते सोमबार दिउँसो नदीमा हाम फालेका थिए ।
सो घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश भारदहबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई उक्त ब्यारेजदेखि करिब ९० मिटर तलबाट मोटर बोटको सहायताले सकुशल उद्धार गरेको छ।
उद्धार गरिएका साहको अवस्था भने सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण