सङ्क्रमितभन्दा निको हुने बढे
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बुधबार काठमाडौंँमा सातसहित ११६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण भएको छ ।
उनले हालसम्म दुई लाख ९८ हजार ८२९ को पीसीआर परीक्षण गरिएको बताए । गौतमले हालसम्म आइसोलेसनमा छ हजार ११३ जना रहेको जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको जम्मा सङ्ख्या ११ हजार २५ पुगेको छ ।
यस्तै छ हजार ११४ सक्रिय कोरोना सङ्क्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए। देशभरका क्वारेन्टाइनमा २४ हजार ५२७ जना रहेको उनले बताए । गौतमले थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण