ऐश्वर्या राय छोरीसहित अस्पताल भर्ना
एजेन्सी । पाँच दिनअघि कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई पुष्टि भएको भोलिपल्ट ऐश्वर्या र आराध्यालाई पनि संक्रमण पुष्टि भएको थियो ।
अमिताभ र अभिषेक शनिबारै नानावटी अस्पतालमा भर्ना भएका थिए । तर ऐश्वर्या र आराध्यालाई भने त्यसको एकदिन पछि आइतबार कोरोना संक्रमण पुटि भएको खबर बाहिरिएको थियो । उनीहरुमा कोरोना लक्षण नदेखिएका कारण घरमै क्वारेन्टिनमा राखिएको थियो । तर अहिले ऐश्वर्यामा केही लक्षण देखिएकोले आमाछोरी नै अस्पताल भर्ना भएका हुन् । अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार सुरु गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण