विचरा निर्धो जनता
–इन्जिनियर राकेश कार्की
पटक पटक
रनक्क रातोपारी बेस्सरी तताएर
ड्याङ् कि ड्याङ् ठोकेर
आरानमा फलाम पिटेजस्तै
जुनसुकै शासनमा पनि
पिटिने आखिर
बिचरो एउटा जनता
पटक पटक पग्लिएर
यता उता तोडिएर मोडिएर
आफ्नो अवस्था हराएर
तिनै ठूल्ठूला ओहोदामा पुग्नेको
औँलामा, कानमा, घाँटीमा झुण्डिनुपर्ने
लल्याक लुलुक परेको सुनजस्तो
विचरो एउटा जनता
अब यसो गर्ने
अब उसो गर्ने भन्दै
निरश आँखाहरुलाई देखाइएका
मीठा मीठा सपनाहरु
भाँच्चिएका मनहरुलाई लोभ्याइएका
सुखानुभूतिका आशाहरु
भाषण सुनुन्जेल ताली बजाउँदा
अलिकति तन्किएको हो कि जस्तो भानमा
रमाएर खिसिक्क हास्ने
विचरो एउटा जनता
सबैको दिन आउँछ भन्छन्
टाठा–बाठा बोल्नेका दिन आयो
नेतृत्व गर्नेको दिन आयो
लिन दिन जान्नेको दिन आयो
मिलाउन जान्ने कमाउन जान्नेको दिन आयो
सत्तामा पुग्नेको दिन आयो
कुर्सी भेट्ने जतिको दिन आयो
साना ठूला कैयौँ दलहरुको दिन आयो
उनैका परिवार, आफन्त, नातागोता
हुक्के, चिलिमे, बैठके सबैका दिन आयो
तर होला होला आउला आउला भन्दाभन्दै
दिन, महिना, वर्ष कैयौँ बिते
उसको कहिले दिन आएन
बिचरो एउटा जनता
उसले यी सबै हेर्दा हेर्दा गर्यो
तर उसको आँखामा आँसु रसाउँदा पनि
कसैले उसलाई हेरेन
यिनकै बारेमा यिनकै कुरा सुन्दा सुन्दा गर्यो
तर उसको मनभरिको दुःख
कसैले पनि सुनि दिएन
अनि उसको तन्किने
इच्छा, आकाङ्क्षा, आशा सबै सबै
खुम्चिन थाल्यो
मानसिक, शारीरिक
तन, मन र धन
यति खुम्चियो यति खुम्चियो
ऊ त खुम्चिँदा खुम्चिँदा
तन्कनै नसक्ने भएछ
विचरो एउटा जनता
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण