विश्वमा कोरोना भाइरस संक्रमितबाट ६ लाख भन्दा बढीको मृत्यु (अपडेट)

एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
संक्रमित मध्ये हालसम्म ८४ लाख ९५ हजार १२२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५१ लाख ३२ हजार ८२५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८०१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३७ लाख ७१ हजार १०१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४२ हजार ८० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३१ लाख ७४ हजार ६७३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १५ हजार ११४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४४ लाख १५ हजार ७५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९४ हजार ३१८ जनाको मृत्यु भएको छ ।
युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार ८०२ को मृत्यु भएको छ । एसिया ३२ लाख ८१ हजार ६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७७ हजार १२२ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ६ लाख ८८ हजार ३९० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ७२७ जनाको मृत्यु भएको छ । ओसियानामा १३ हजार ११७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४० जनाको मृत्यु भएको छ ।
–एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर