बलिउड निर्देशक रजत मुखर्जीको निधन
‘प्यार तूने क्या किया’ र ‘रोड’ जस्ता फिल्मका निर्देशक रजत मुखर्जीको आइतबार निधन भएको छ । रिपोर्टका अनुसार उनी विभिन्न प्रकारको स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । ‘रोड’ फिल्ममा मुख्य नायकको रुपमा देखिएका मनोज बाजपेयीले उनको निधनमा शोक जताएका छन् ।
मनोजले आफ्नो ट्वीटमा लेखेका छन्, ‘लामो बिमारीका कारण मेरा साथी र निर्देशक रजत मुखर्जीको जयपुरमा निधन भएको छ । तपाईंको आत्माले शान्ति पाओस् रजत । हामी आफ्नो काममा छलफल गर्नका लागि अब हाम्रो कहिले पनि भेट हुन सक्दैनँ भन्ने कुराको विश्वास गर्नै सकिरहेको छैन । जहाँ छौ, खुसी हौ ।’
My friend and director of Road ,Rajat Mukherjee passed away in the early hours today in Jaipur after a long battle with illness!!! Rest in peace Rajat !!Still can’t believe that we will never meet or discuss our work ever again.khush reh jaha bhi reh.🙏🙏🙏
— manoj bajpayee (@BajpayeeManoj) July 19, 2020
फिल्म निर्माता हंसल मेहताले पनि शोक जताएः
फिल्म निर्माता हंसल मेहताले पनि रजतको निधनमा शोक जताएका छन् । उनले आफ्नो ट्वीटमा लेखे, ‘भर्खरै मेरा प्रिय साथीको निधनबारे खबर पाएँ । ‘प्यार तूने क्या किया’ र ‘रोड’ का निर्देशक रजत मुखर्जी मुम्बईमा सुरुवाती संघर्षका बेला हामी साथी थियौं । हामीले थुप्रै पटक सँगै खाना खायौं र थुप्रै ओल्ड मंक बोतलको प्रयोग गर्यौं । अर्को दुनियाँमा पनि अन्य थुप्रै कुराको प्रयोग गर्नेछौं । प्र्रिय साथी, तिम्रो याद सधैं आउनेछ ।’
Just got news about the passing away of a dear friend. Rajat Mukherjee director of Pyaar Tune Kya Kiya and Road was a friend from our early, early struggles in Bombay. Many meals, many bottles of Old Monk consumed. Many more to consume in another world. Will miss you dear friend.
— Hansal Mehta (@mehtahansal) July 19, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण