नोबेलमा सुरु भयो स्त्रीजन्य सबै क्यान्सरको अप्रेशन
विराटनगर । नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धी सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धी सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो ।
सम्पूर्ण स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएको छ । २६ वर्ष अघिदेखि विभिन्न सरकारी अस्पतालमा स्त्रीरोग बिशेषज्ञको रुपमा कार्यरत बरिष्ठ डा.गेहनाथ बराललाई पनि नोबेलले भित्र्याएको छ । डा.बरालसहित नोबेलका बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.शान्ति सुवेदीसहितको टिमले सबै किसिमका स्त्रीरोगको उपचार गर्दै आएका छन् ।
सम्पूर्ण स्त्रीरोगको उपचार तथा अप्रेशनसहित स्त्रीजन्य सबै किसिमका क्यान्सरको पनि अप्रेशन थालिएको नोबेलका स्त्रीरोग बिशेषज्ञ डा.गेहनाथ बरालले जानकारी दिए ।
डा.बरालका अनुसार आङ खस्ने, पिसाब चुहिने तथा फिस्टुला लगायत रोगको अप्रेशनसहित पाठेघर तथा सबै स्त्रीरोग क्यान्सरको अप्रेशन पनि सुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण