मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नोबेलमा सुरु भयो स्त्रीजन्य सबै क्यान्सरको अप्रेशन

आइतबार, ०४ साउन २०७७, १८ : ३५
आइतबार, ०४ साउन २०७७

विराटनगर । नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धी सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धी सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो ।

       सम्पूर्ण स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएको छ । २६ वर्ष अघिदेखि विभिन्न सरकारी अस्पतालमा स्त्रीरोग बिशेषज्ञको रुपमा कार्यरत बरिष्ठ डा.गेहनाथ बराललाई पनि नोबेलले भित्र्याएको छ । डा.बरालसहित नोबेलका बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.शान्ति सुवेदीसहितको टिमले सबै किसिमका स्त्रीरोगको उपचार गर्दै आएका छन् ।

       सम्पूर्ण स्त्रीरोगको उपचार तथा अप्रेशनसहित स्त्रीजन्य सबै किसिमका क्यान्सरको पनि अप्रेशन थालिएको नोबेलका स्त्रीरोग बिशेषज्ञ डा.गेहनाथ बरालले जानकारी दिए । 
       डा.बरालका अनुसार आङ खस्ने, पिसाब चुहिने तथा फिस्टुला लगायत रोगको अप्रेशनसहित पाठेघर तथा सबै स्त्रीरोग क्यान्सरको अप्रेशन पनि सुरु गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप