मन्त्रिपरिषद बैठक बस्दै, आन्तरिक उडान खोल्ने प्रस्ताव
काठमाडौं । केहीबेरपछि मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । बैठक सोमबार साँझ ५ बजेका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने सम्भावना छ ।
‘बैठक नियमित हो । तर, कोरोनासँग सम्बन्धित केही महत्त्वपूर्ण निर्णयहरु हुनसक्छन् । त्यसमा लकडाउनको मोडालिटी पनि पर्छ’, ती मन्त्रीका अनुसार आन्तरिक हवाई उडान खुलाउने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन, विद्यालय सञ्चालन लगायतका विषयमा पनि छलफल हुँदैछ ।
यसैबीच पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार आन्तरिक हवाई उडान खोल्ने विषयमा पनि आजको मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी छ ।
कोरोनाभाइरस संक्रमणका कारण गत चैत ११ गतेबाट सुरु भएको लकडाउन पछिल्ला दिनमा केही खुकुलो हुँदै आएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै काठमाडौ उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्रमात्र सुरक्षाका विधि अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । अघिल्लो मन्त्रिपरिषद् बैठककमा आन्तरिक हवाई उडानबारे सामान्य छलफल भएपनि निर्णय भएको थिए ।
‘आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव जान्छ । छलफलले के निर्णय गर्छ त्यो पछि नै थाहा हुन्छ’, स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण