मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद बैठक बस्दै, आन्तरिक उडान खोल्ने प्रस्ताव

सोमबार, ०५ साउन २०७७, १५ : ५८
सोमबार, ०५ साउन २०७७

काठमाडौं । केहीबेरपछि मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । बैठक सोमबार साँझ ५ बजेका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने सम्भावना छ । 

‘बैठक नियमित हो । तर, कोरोनासँग सम्बन्धित केही महत्त्वपूर्ण निर्णयहरु हुनसक्छन् । त्यसमा लकडाउनको मोडालिटी पनि पर्छ’, ती मन्त्रीका अनुसार आन्तरिक हवाई उडान खुलाउने, लामो रुटका सार्वजनिक यातायातको व्यवस्थापन, विद्यालय सञ्चालन लगायतका विषयमा पनि छलफल हुँदैछ । 

यसैबीच पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार आन्तरिक हवाई उडान खोल्ने विषयमा पनि आजको मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी छ । 

कोरोनाभाइरस संक्रमणका कारण गत चैत ११ गतेबाट सुरु भएको लकडाउन पछिल्ला दिनमा केही खुकुलो हुँदै आएको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै काठमाडौ उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्रमात्र सुरक्षाका विधि अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । अघिल्लो मन्त्रिपरिषद् बैठककमा आन्तरिक हवाई उडानबारे सामान्य छलफल भएपनि निर्णय भएको थिए । 

‘आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव जान्छ । छलफलले के निर्णय गर्छ त्यो पछि नै थाहा हुन्छ’, स्रोतको भनाइ छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप