शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकका संचयकताले कनेक्ट आइपीएसबाट पेमेन्ट गर्न सक्ने

सोमबार, ०५ साउन २०७७, १६ : ५०
सोमबार, ०५ साउन २०७७

काठमाडौं । हिमालयन बैंक लिमिटेड र कर्मचारी संचय कोष बीच सम्झौता भए पश्चात कर्मचारी संचय कोषमा रकम संचय गर्दैं आएका संचयकर्ताहरुले कोषबाट लिएको ऋणको सावा र व्याज भुक्तानी कनेक्ट आइपीएस ई पेमेन्टद्वारा गर्न सक्ने भएका छन् । 

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् । बैंकले कोषसँगको उक्त सम्झौतापश्चात कोषका संचयकर्तालाई लाभ पुग्ने विश्वास लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप