आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय बैंकद्वारा कान्ती बाल अस्पतालको पानी प्रशोधन मेसिनको मर्मत गरी हस्तान्तरण

मङ्गलबार, ०६ साउन २०७७, १५ : ०५
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको माहाराजगंज शाखामार्फत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माहाराजगंज, काठमाण्डौ स्थित “कान्ती बाल अस्पताल” लाई सहयोग  प्रदान गरेको छ ।

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च   प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको छ । उक्त मेशिन मर्मत संभार गर्न बैंकले  रु. १,४२,९४५ प्रदान गरेको छ । 

बैंकका तर्फबाट बैंकका माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरे । बैंकका तथा अस्पतालका अन्य कर्मचारीहरु पनि सो कार्यक्रममा उपस्थिति रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप