प्रहरीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय शिल
पोखरा । सरकारले कोरोना संक्रमण कम भएको भन्दै लकडाउन खोलेको दिन नै स्याङ्जा जिल्ला प्रहरी कार्यालयलाई भने शिल गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत तीन प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै जिल्ला प्रहरी कार्यालयलाई शिल गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
‘तीन जना प्रहरीमा रिपोर्ट पोजेटिभ आएपछि समुदायमा संक्रमण नफैलियोस् भनेर बाहिर रहेकालाई बाहिर र भित्र रहेकालाई भित्र नै बस्न भनिएको छ । सम्भावितहरुको रिपोर्ट आएपछि नयाँ योजनाका साथ अगाडी बढ्ने सोच बनाएका छोँ’ क्षेत्रीले भने । क्षेत्रीकाअनुसार रिपोर्ट पोजेटिभ आएकाहरुको कन्ट्याक ट्रेसिङ गरी स्वाब निकालेर परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले भने जिल्ला कार्यालय शिल गरिएको भए पनि अनलाइनमार्फत उजुरी लिएर कामकाजलाई अगाडी बढाउने जानकारी गराए । प्रबक्ता अधिकारीकाअनुसार संक्रमित तीनै जना प्रहरीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने