प्रहरीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय शिल
पोखरा । सरकारले कोरोना संक्रमण कम भएको भन्दै लकडाउन खोलेको दिन नै स्याङ्जा जिल्ला प्रहरी कार्यालयलाई भने शिल गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत तीन प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै जिल्ला प्रहरी कार्यालयलाई शिल गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
‘तीन जना प्रहरीमा रिपोर्ट पोजेटिभ आएपछि समुदायमा संक्रमण नफैलियोस् भनेर बाहिर रहेकालाई बाहिर र भित्र रहेकालाई भित्र नै बस्न भनिएको छ । सम्भावितहरुको रिपोर्ट आएपछि नयाँ योजनाका साथ अगाडी बढ्ने सोच बनाएका छोँ’ क्षेत्रीले भने । क्षेत्रीकाअनुसार रिपोर्ट पोजेटिभ आएकाहरुको कन्ट्याक ट्रेसिङ गरी स्वाब निकालेर परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले भने जिल्ला कार्यालय शिल गरिएको भए पनि अनलाइनमार्फत उजुरी लिएर कामकाजलाई अगाडी बढाउने जानकारी गराए । प्रबक्ता अधिकारीकाअनुसार संक्रमित तीनै जना प्रहरीहरुलाई आइसोलेसन वार्डमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण