चाबहिल सडकको दुर्दशा उस्तै
काठमाडौँ – राजधानीको चाबहिल सडक खण्ड वर्षाको हिलोले कुरूप भएको छ ।
सडकमा सवारीसाधन हिलोमा डुबाउँदै गुडाउनुपर्छ भने सडक पेटीमा यात्रु हिँड्न सक्ने अवस्थासम्म छैन । यो वर्षदेखि समस्याबाट मुक्त हुने आशा निराशामा परिणत भएको छ ।
राजधानीको व्यस्त सडकमध्येको उक्त सडक खण्ड कालोपत्रे भएको एक वर्ष नपुग्दै खाल्डाखुल्डीमा परिणत भएको छ । बन्दाबन्दीको समयमा कालोपत्रे गरिए पनि वर्षासँगै सडक दयनीय अवस्थामा पुगेको छ ।
लामो समयदेखि सडक मर्मत हुन नसक्दा हिउँदमा धूलो र वर्षामा हिलोको समस्या भोग्दै आएका यात्रु र स्थानीयवासीले धूलो र हिलोबाट मुक्ति पाउने आशा गरेका थिए तर वर्षात्सँगै पुनः उही गति दोहोरिएपछि स्थानीय दुखी बनेका छन् ।
बौद्ध निवासी आङ्कामी शेर्पा वर्षौंदेखि बिग्रिएको सडक बन्ने आशा निराशामा परिणत भएको बताउँछन् । व्यवसायी छोटेलाल साहले माघ फागुनमा नै गरिएको कालोपत्रे एक वर्ष टिक्न नसक्दा यस वर्ष पनि विगतकै नियति भोग्नुपरेको गुनासो व्यक्त गरे । उनले भने, ‘‘अहिले सडकमा पाइलैपिच्छे खाल्डाखुल्डी छन्, पानी परिरहेको बेला हिलो छ्यापिने तथा सम्भावित दुर्घटनाका कारण सडकमा मोटरसाइकल वा पैदल हिँड्न समेत समस्या छ ।’’ यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण