सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या २ हजार २३३ पुग्यो
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुने संक्रमितको संख्या २ हजार २३३ पुगेको छ ।
बुधबार मात्र जिल्ला अछामबाट ३१ जना निको भएर घर गएपछि निको हुनेको सख्या २ हजार २३३ पुगेको हो ।
यसअघि भने ८ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । त्यसैगरी विभिन्न प्रयोगशालाबाट गरिएको परिक्षणबाट १४ जना कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए ।
कैलालीमा १ पुरुष,१ महिला,कंचनपुर १ पुरुष, ३ महिला, बझाङ्ग १ पुरुष ,डोटी ४ पुरुष, ३ महिलामा संक्रमण पुस्टी भएको उनले बताए । योसंगै सकृय संक्रमित १ हजार ७६८ पुगेको उनले बताए ।
प्रदेशमा हालसम्म २९ हजार ९०८ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २५ हजार ८९९ मा नेगेटिभ आएको उनले बताए ।
२ हजार ९३६ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २२ हजार ८५४ जनामा परिक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ६३७, बैतडीका ३००, बझाङ्गका १७१ ,बाजुरा ४४६, डडेल्धुराका २९०, दार्चुलाका २०, डोटीका ५९२ , कैलालीका १०६७ र कंचनपुरका ४८६ गरि ४ हजार ९ रहेका छन । जस्मा महिला ९४४ र पुरुष ३ हजार ६५ छन । क्वारेन्टिाईनमा ४ हजार ४९५ पुरुष र १ हजार ५४३ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५६ गरी ७० जनाको उपचार भईरहेको छ ।
७६९ जना भने सामान्य उपचारपछि घर गइसकेका छन् ।
हाल टिकापुरमा २३, महाकालीमा १८, अछाममा १०, डोटी २, र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख काक्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण