आधुनिक ग्यास च्याम्बर
-राममणि सिटौला
तिम्रो मात्र होइन
त्यहाँ मात्र होइन
निस्सासिरहेछ
हरेक सास
काहालीलाग्दो
उचाटलाग्दो
नरकमा
छट्पटाइरहेछ
उदारवाद नवउदारवादको
बिषालु हावा चलिरहेको
आधुनिक ग्यास च्याम्बरमा
एउटै हो हिटलर
फरक छ त केवल
पहिरिएको छ
लोकतन्त्रको नकाब
पोतेको छ अनुहारमा
बहुराष्ट्रिय कम्पनीको
बास्नादार क्रिम
एउटै हुन् हत्यारा
फरक छ त केवल
फेरिएका छ्न्
हत्याका शैली
ओढेका छ्न्
शुभ्र चम्किला बश्त्र
सिपालु छन्
घृणालाई हाँसोको
एउटै छन् सबैका
क्रूरता सनक
जालसाजी धोका
एउटै छन् नशा
सबै दौडिरहेछन्
पसिनाका गन्धको
पछि पछि
एउटै छन् प्रवृत्ति
गोयबल्स! गोयबल्स!!
फगत गोयबल्स!!
साथी जर्ज फ्लायड!
तिमी मात्र होइन
हामी पनि काहालिइरहेछौ
गुम्सिरहेछौ
छोडिरहेछौ हिक्का
खलाँती झैं निरन्तर
चलिरहेछ फोक्सो
शुद्ध ताजा हावाको निम्ति
तिम्रो मात्र होइन
हाम्रा हिस्सापनि
हावा पानी
गाँस बास
फट्फटाइरहेछ
अन्तिम साससम्म
भोकको पखेटा
ठुँगिरहेछ रक्ताम्य चुच्चोले
समयको पिँजडा
तिमी मात्र होइन
हामी पनि लिन सकिरहेका छैनौँ
भोकको पन्जाले अँठ्याएको
यो ब्रमाहाण्डमा
भूमण्डलीकृत च्याम्बरमा
बबण्डर बनेर उठ्दै
गरेका सास
भयङ्कर बबण्डर।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण