शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फिल्म निर्माणमा चुनौति थपियोः दीपेन्द्र के खनाल

मङ्गलबार, १३ साउन २०७७, १४ : ००
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले अबका दिनमा फिल्म निर्माणका लागि झन् चुनौती थपिएको बताएका छन् । कोरोनाको जोखिम र दर्शकको फेरिएको टेष्टका कारण मेकरले धेरै होस पुर्याएर मात्र फिल्म बनाउनु पर्ने उनको भनाइ छ । 

‘कोराना पुरै नियन्त्रण नभएकोले एक किसिमले रोगको जोखिम त छदैछ’ निर्देशक खनालले भने ‘यो कोरोनाको बन्दाबन्दीको समय दर्शकले घरमा बसेर पुरै बिश्वका धेरै भन्दा धेरै फिल्म हेरेर टेष्ट थाहा पाउनु भएको छ । यो समय फिल्म मेकरले धेरै होस पुर्याउनु पर्छ ।’

सामाजिक विषयवस्तुमा मनछुने फिल्म निर्माण गर्दै आएका खनाल अहिले नयाँ फिल्म निर्माणको तयारीमा छन् । जसको लेखन कार्य समेत उनी आफैले गरिरहेका छन् । फिल्मको लेखन कार्य अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।
लकडाउन अगाडि अर्थात गतफागुनमा खनाल निर्देशित फिल्म ‘आमा’ प्रदर्शनमा आएको थियो । फिल्मले राम्रो दर्शक र समिक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।
‘मैले अव ‘आमा’ भन्दापनि राम्रो फिल्म दिनुपर्छ’ खनालले अगाडि भने ‘त्यसको लागि लेखनमा मिहिनेत गरिरहेको छु ।’ फिल्मको लेखनका लागि केही रिसर्ज समेत गर्नुपर्ने भएकोले त्यसको तयारीमा समेत आफूले गरिरहेको रहेको खनालले सुनाए । ‘रिसर्जको काम सकियो भने दशै अगाडि पनि फिल्म सुरु हुन सक्छ’ उनले थपे ।

अबको फिल्म पनि उनले सामाजिक विषयवस्तुमा नै हुने बताए । ‘आमा’ र ‘पशुपति प्रसाद’ जस्तै महत्वपुर्ण बिषय जुन समाजका लागि भन्नु पर्नेछ । त्यहि विषय फिल्म बनाउँछु,’ खनालले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप