पाल्पामा फरार ५ प्रतिवादी पक्राउ
पाल्पा । पाल्पाका फरार रहेका ५ प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पाँच वर्षअघि देखि फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधबार पाल्पाबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा पाल्पा तिनाउँ गाउँपालिका–२ का २६ वर्षीय दिपक लम्साल, तिनाउँ गापा–६ का ५५ वर्षीय मानबहादुर लम्तरी, तिनाउँ गापा–३ का ४५ वर्षीय रिवि काफ्ले, सोही स्थानका ३१ वर्षीय पदमबहादुर रायमाझी र बगनासकाली गापा–७ का २९ वर्षीय सुरज बहादुर कनौजे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।
लागुऔषधको ओसारप्रसार, बहुविवाह र सार्वजनिक अपराधमा अदालतबाट फैसला कार्यान्वयन भई कैद र जरिवाना तोकिएको थियो । अदालतको आदेशपछि जिल्ला प्रहर िकार्यालय पाल्पाको विशेष अभियानमा प्रतिवादी पक्राउ गरिएको हो ।
कनौजेलाई सार्वजनिक अपराधमा २०७२ पुस ५ गते, रायमाझीलाई बहुविवाह ०७१ असार २९, लम्साललाई लागुऔषधमा ०७४ माघ २१ गते, लम्तरीलाई ०७५ फागुन ९ गते, काफ्लेलाई ०७६ असोज २९ गते अदालतबाट कैद तथा जरिवाना तोकेको प्रनाउ गिरीले बताए । पक्राउ गरिएका प्रतिवादीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पाल्पामा पठाइएको छ । पाल्पा, रुपन्देही, नवलपरासी अदालतले कैद तथा जरिवानाको फैसला गरेको प्रतिवादी पाल्पाबाट पक्राउ गरिएको प्रहरीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण