बाढीमा बेपत्ता २ जनाको शव फेला
शुक्रबार, १६ साउन २०७७, ११ : २३
कैलाली – कैलालीमा अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता बनाएको २ जनाको शब फेला पारेको छ ।
बुधबार आएको अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको हो ।
बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने बर्ष ४० का ईश्वर शाहको शब शुक्रबार फेला परेको हो भने बिहिबार स्केल चौधरीको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरिक्षक प्रतिक बिस्टले रातोपाटीलाई जानकारी दिए ।
अझै भजनी नगरपालिका ८ का चक्र बिक भने अझै बेपत्ता नै रहेको र खोजी कार्य जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण मिति तय
-
११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन
-
पुष्पलाल जन्मजयन्तीमा समाजवादबारे बहस
-
‘सडकको दुरावस्था र लापरबाहीमा सरकारी निकायलाई पनि मुद्दा लगाउन सकिने व्यवस्था पहिल्यैदेखि छ’
-
रातोपाटीकर्मी गिरी ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२’ बाट सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण