पाटन अस्पतालमा एक कोरोना संक्रमित मृत्यु
शुक्रबार, १६ साउन २०७७, १४ : १०
ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताए ।
आइसीयूमा उपचाररत ती महिलाको शुक्रबार बिहान ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर शर्माले बताए । संक्रमित महिलालाई निमोनियाको समस्या रहेको डाक्टर शर्माको भनाइ छ ।
स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि ती महिलालाई साउन ६ गते पाटन अस्पताल भर्ना गरिएको थियो । आजै सेनाले मृतकको शव व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ ।
मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण