वाग्मती नदीले बाँध कटान गर्दै
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित वागमती नदीले १२ नम्वर स्परको बीच भागमा ५० मिटरसम्म कटान गरेर ठूलो क्षति पुर्याएको छ । उच्च पहाडी, चुरे क्षेत्रसहित तराईमा निरन्तर रुपमा भईरहेको बर्षाबाट वाग्मती नदीले धार परिवर्तन गरेर बगेपछि बाँध र पानीको धारलाई अन्यत्र परिवर्तन गर्न बनाईएको स्परमा क्षति भैरहेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर १ गंगापिपार र ३ मत्सरी नजिक रहेको वाग्मती नदीको धारले बाँध छेउमा स्पर कटान गरिरहेको हो । नदीले बाँधको वेड सतहसहित ५० मिटर बाँध काटिसकेको छ भने बाँधलाई सुरक्षित राख्नका लागि बनाइएको १२ नम्वर स्परको बीच भागमा पनि ५० मिटरभन्दा बढी कटान गरिसकेको छ ।
बाँध र स्परलाई बचाउन युद्धस्तरमा नियन्त्रणको प्रयास गर्नुपर्ने अवस्थामा भएपनि नदी नियन्त्रण कार्यालयबाट भने बालुवाको बोरो र जाली राख्ने काम भइरहेको छ । बाँध भत्किएमा दुर्गा भगवतीको वडा नम्वर १, ३ र ४ सहित अन्य पालिकाका बासिन्दाहरु समेत प्रत्यक्ष रुपमा प्रभावित हुने अवस्था छ ।
नदी नियन्त्रणको कार्यालय र स्थानीय तह जिम्मेवार नभएको हुँदा बाँध एवं स्पर कटानको चपेटामा परेर ठूलो आर्थिक नोक्सानी भएको जिल्ला समन्वय समितिका उपसभापति रामबसिष्ट यादवले बताए ।
वागमती नदीले गरिरहेको क्षति सम्बन्ध वाग्मती लालबकैया नदी नियन्त्रण कार्यालयको पटक पटक ध्यानाकर्षण गराउदा समेत कुनै सुनवाई नगरको उप सभापति यादवले गुनासो गरे । नदी नियन्त्रण कार्यालयका प्रमुख राजकुमार श्रीवास्तवलाई वाग्मतीको स्थलगत रुपमा निरीक्षण गरेर नियन्त्रणको प्रयासमा जुट्न जानकारहरुले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण