बलिउड नायिका मिनिषा लाम्बाले गरिन् सम्बन्धविच्छेद
बलिउड नायिका मिनिषा लाम्बाले रेष्टुरेन्ट व्यावसायी श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छिन् । यी दुई अलग्गिएको खबर सन् २०१८ मा नै सार्वजनिक भएको थियो तर यसबारे मिनिषाले कसैसँग कुरा गर्न अस्विकार गरेकी थिइन् । तर अब मिनिषाले यसबारे मुख खोल्दै आफू कानूनी रुपमा नै रायनसँग अलग भइसकेको जानकारी दिएकी छिन् ।
भारतीय सञ्चार माध्यम इटाइम्ससँगको कुराकानीमा मिनिषा लाम्बाले आफूहरु अलग भइसकेको र कानूनी प्रक्रिया पनि पूरा भइसकेको बताएक छिन् ।
स्मरण रहोस्, मिनिषा र रायनको सन् २०१३ मा भेट भएको थियो । यी दुईको भेट एउटा नाइट क्लबमा भएको थियो । दुई वर्ष सम्बन्धमा रहेपछि यी दुईले सन् २०१५ को जुलाई ६ मा विवाह गरेका थिए ।
मिनिषा लाम्बा ‘यहां’ (२००५), ‘हनिमून ट्राभलस प्राइभेट लिमिटेड’ (२००७), ‘दस कहानियां’ (२००७), ‘किडन्याप’ (२००८), ‘बचना–ऐ–हसिनों’ (२००८), ‘वेल डन अब्बा’ (२००९), ‘भेजा फ्राई’ (२०११) र टिभी सिरियल ‘इन्टरनेट वाला लव’ (२०१८) मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण