क्वारेन्टिनको सुरक्षामा खटिएका सुरक्षा गार्डद्वारा आत्महत्या
बुटवल । रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनको सुरक्षामा खटिएका एक सुरक्षा गार्डले आज बिहान आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाएका छन् ।
देवदह–५ दुर्गामन्दिर टोल घर भई वडा नं.७ शीतलनगरस्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले आफ्नै शरीरमा आगो लगाएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
शरीरका मट्टितेल छर्किएर आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले बिहान अस्पतालमा मृत्यु भएको बताए । उनले आत्महत्या गर्नुको कारण अझै खुल्न नसकेको भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
देवदह नगरपालिका मेयर हिरा केसीले बस्याललाई एक हप्ता जति दैनिक ज्यालादारी चौकिदारको काम गर्ने गरी वडा कार्यालयले सुरक्षा गार्डको काममा राखेको बताए । उक्त क्वारेन्टिनमा १६ जना रहेका छन् । पछिल्लो समय प्रहरीमा जनशक्ति कम भएपछि स्थानीय तहले एक जना सुरक्षा गार्ड नियुक्त गर्ने सहमति अनुसार उनलाई नियुक्त गरिएको मेयर केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण