शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामग्रामका मेयरले वडाअध्यक्षलाई यसरी झुक्याए

मङ्गलबार, २७ भदौ २०७४, १८ : २२
मङ्गलबार, २७ भदौ २०७४

परासी– एतिहासिक, पुरातात्विक एवं धार्मिकस्थल रामग्राम स्तुपालाई उत्खनन गर्नेबारे रामग्राम नगरपालिकाका मेयरले सम्बन्धित वार्डका वडा अधयक्षलाई झुक्याएको आरोप लगाइएको छ । 

नगरपालिकाको वार्ड नं. ७ मा पर्ने भगवात गौतम बुद्धको अष्ठधातु रहेको एक मात्र स्थल रामग्राम स्तुपालाई वार्ड स्तरीय योजनामा राखेर स्तुपाको उत्खननका लागि वार्ड अध्यक्षले नगरमा पेश गर्न खोज्दा मेयरले झुक्याएको खुलासा भएको हो । 

७ नम्बर वार्डका अध्यक्ष शिवशंकर हरिजनले आफ्नो वडास्तरीय योजनामा बजेट पेश गर्न लागेपछि रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले नगरस्तरीय योजनामा पर्ने भनी झुक्याएको हरिजनले बताए । 

हरिजनले आफ्नो वार्ड स्तरिय योजनामा बजेट कार्यक्रम पेश गर्न लागेपछि मेयर गुप्तले नगरस्तरीय योजनामा समावेश गरिने भन्दै वार्डस्तरको बजेटबाट कार्यक्रम नराख्नु यो नगरस्तरीय योजनामा समावेश गरिन्छ भन्दै रोकेका थिए । 

वार्ड समितिको परामर्शमा नगरपालिकाले तोकेको बजेट सिलिङ ४५ लाख भित्रै स्तुपलाई उत्खनन गर्नुपर्छ भनि बजेट राखेर योजना बनाएका थिए । वार्ड स्तरको योजना पेश गरेपछि मेयर गुप्ताले वडाअध्यक्ष हरिजनलाई जनमुखी कार्यक्रममा बजेट राख्नुस, स्तुपाको उत्खननका लागि नगरस्तरबाट योजना छुट्टयाउन सकिन्छ, भनि आश्वासन दिएका थिए । 

तर नगरसभामा पेश गरिएको नीति कार्यक्रममा रहे पनि बजेट कार्यक्रममा नपरेपछि मात्रै मेयरले आफूलाई झुक्याएको थाहा पाएको हरिजनले बताए ।  
२०५४ सालमा निर्वाचित जनप्रतिनिधिहरु रहेसम्म रामग्राम स्तुपाको उत्खनन कार्य चलेको थियो । तर नगरमा जनप्रतिनिधिविहिन भए लगत्तै २०५९ सालदेखि उत्खनन कार्य रोकिएको थियो ।

यता, आफूले बजेट कार्यक्रममा पारेर लगेको तर मेयर गुप्ताले वार्ड स्तरको बजेट जनप्रिय कार्यक्रममा राख्नुस,उत्खननका लागि नगर स्तरबाटै बजेट विनियोजन हुन्छ भनि आश्वास दिए पनि बजेट नछुट्टिएको वार्ड अध्यक्ष हरिजनले सुनाए । नगर स्तरबाट बजेट नपरे पनि केही बजेट वार्ड समितिले रकमान्तर गर्न सक्ने हुदा वार्डस्तरबाट बजेट छुट्टयाइने उनले बताए । पुरातत्व विभागसँग समन्वय गरी आवश्यक बजेट वार्डको अन्य योजनाको रकमबाट रकमान्तर गरी राख्न सक्ने उनको भनाई थियो ।

मेयर गुप्ताले कोरियामा भगिनी सम्बन्ध राख्ने भनि त्यहा आफु जानका लागि भ्रमण खर्च वापत १० लाख रुपैयाँ विनियोजन गर्न लगाएको जनप्रतिनिधिहरुको आरोप छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप