‘प्रम ओलीको गतिविधि संसद नै भंग गर्नेतर्फ केन्द्रित’

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले प्रधानमन्त्री केपी ओलीको गतिविधि संसद नै भंग गर्नेतर्फ केन्द्रित भएको बताएका छन् । रातोपाटीसँगको अन्तरवार्तामा नेता गुरुङले असार १६ गतेपछि डेडलकको अवस्थामा स्थिति पुगेको र सोही क्रममा प्रधानमन्त्री ओलीले संसद नै विघटन गर्ने तयारी गरेपनि पछि हटेको बताए ।
‘त्यस्तो तयारी गरेको भन्ने आयो तर विरोधपछि रोकियो । १६ पछि एक प्रकारको डेडलक जस्तो भइरहेको थियो, वार्ता पनि भएको थिएन र भएपनि औपचारिकतामा सीमित थियो’, गुरुङले थपे, ‘२२ गतेको यो खालको हल्लाखल्ला र यस्तो कुरा आइसकेपछि बल्ल दुई अध्यक्षबीच कुराकानी गर्ने अवस्थामा पुगेको देखियो । यो सवै स्थितिले दल विभाजन, संकटकाल, संसद विघटनको कसरत आदि चिन्ताको विषय भयो ।’
नेता गुरुङले तत्काल ओली सो कदमबाट पछि हटेपनि पार्टी कमिटीमा आलोचना भइरहने, अध्यक्ष र सरकारको बारेमा पनि आलोचना भइरहे कुनैपनि बेलामा उनी अघि सर्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने