‘प्रम ओलीको गतिविधि संसद नै भंग गर्नेतर्फ केन्द्रित’
काठमाडौं । नेकपाका स्थायी समिति सदस्य एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले प्रधानमन्त्री केपी ओलीको गतिविधि संसद नै भंग गर्नेतर्फ केन्द्रित भएको बताएका छन् । रातोपाटीसँगको अन्तरवार्तामा नेता गुरुङले असार १६ गतेपछि डेडलकको अवस्थामा स्थिति पुगेको र सोही क्रममा प्रधानमन्त्री ओलीले संसद नै विघटन गर्ने तयारी गरेपनि पछि हटेको बताए ।
‘त्यस्तो तयारी गरेको भन्ने आयो तर विरोधपछि रोकियो । १६ पछि एक प्रकारको डेडलक जस्तो भइरहेको थियो, वार्ता पनि भएको थिएन र भएपनि औपचारिकतामा सीमित थियो’, गुरुङले थपे, ‘२२ गतेको यो खालको हल्लाखल्ला र यस्तो कुरा आइसकेपछि बल्ल दुई अध्यक्षबीच कुराकानी गर्ने अवस्थामा पुगेको देखियो । यो सवै स्थितिले दल विभाजन, संकटकाल, संसद विघटनको कसरत आदि चिन्ताको विषय भयो ।’
नेता गुरुङले तत्काल ओली सो कदमबाट पछि हटेपनि पार्टी कमिटीमा आलोचना भइरहने, अध्यक्ष र सरकारको बारेमा पनि आलोचना भइरहे कुनैपनि बेलामा उनी अघि सर्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
